बुटवल । अभिनेत्री तथा बीजेपी नेता रवि किसनले सांसदमा मानसुन सत्र अगाडी बलिउडमा बड्दो ड्रग्स र तस्करीको विषय उठाए ।
यही विषयमा समाजवादी पार्टीको सांसद जया बच्च्नले आपत्ति जनाइन् । जयाले राज्यसभालाई जिरो ओभरको सूचना दिर्दै बलिउडलाई बदनाम गरेको आरोप लगाइन् ।
कसैको पनि नाम नलिइ जयाले भनिन्– केही मानिसहरु मनोरञ्जन जगतको बदनाम गर्ने कोसिस गरिरहेका छन् ।’ अभिनेत्री तथा मथुरा बीजेपी सांसद हेमा मालिनीले यस विषयमा जयालाई समर्थन गरेकी छन् ।
उनले एक न्युज च्यानसँग कुराकानी गर्ने क्रममा भनिन्–‘बलिउड फिलम उद्योगमा ड्रग्सको कुरा किन भइरहेको छ ? कहि कतै यस्ता कुराहरु होलान् यसको अर्थ बलिउड पुरै खराब छ भन्ने त होइन नि । जसरी मानिसहरुले बलिउडलाई निसाना बनाइरहेका छन् त्यो एकदम गलत हो । ’