जया र कंगनाको वाकयुद्ध सुरु

राज्यसभामा बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले प्रस्तुत गरेको भनाइलाई लिएर नायिका कंगना रनावत आक्रोशित भएकी छिन् । योसँगै जया र कंगनाविच वाकयुद्ध सुरु भएको छ । जयाले कुनै पनि कलाकारको नाम नलिई भनेकी थिइन्–‘चलचित्र क्षेत्रबाट नाम कमाउनेहरु यसलाई फोहोरी ठाउँ भनिरहेका छन् । मलाई आशा छ कि, सरकारले यी मानिसहरुलाई यस्तो भाषा प्रयोग नगर्न भन्नेछ ।’

जयाले भनिन्–‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’

जयाको यो भनाइपछि आक्रोशित कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘जया जी, तपाइले यो कुरा त्यतीबेला वुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवा अवस्थामा उसको शोषण हुन्थ्यो ।

के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखामा झुन्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभुती दिनुहोस् ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…