बुटवल। पछिल्लो २४ घन्टामा रुपन्देहीमा ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै जिल्लामा संक्रमितको कुल संख्या १८ सय २१ पुगेको छ।
मंगलबार साँझ ५ बजेसम्म प्राप्त तथ्यांकअनुसार पछिल्लो एक दिनमा रुपन्देहीका ५ स्थानीय तहका २६ महिला र ३२ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ। संक्रमितहरु मध्ये सबैभन्दा बढि बुटवल उपमहानगरपालिकाका १६ महिला १४ पुरुष गरी ३० जना, सिद्धार्थनगरनगरपालिकामा ८ जना, कञ्चन गाउपालिकामा ६, रोहिणीमा ११ र देवदहमा नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
संक्रमित मध्ये ९६२ जनाको विभिन्न आइशोलेशन सेन्टर र होम आइशोलेशनमा उपचार भइरहेको छ। ८३९ जना निको भएर घर फर्केका छन भने हालसम्म संक्रमण पुष्टि भएका २० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।