रक्सी खान नदिएको भन्दै बाबुले गरे छोराको हत्या

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका ७० वर्षीय लक्ष्मी साहले रक्सि खान रोकेको भन्दै छुरा प्रहार गरि आफ्नै छोरा ३५ वर्षीय मधो साहको हत्त्या गरेका छन् ।

छोरा मधो साहले बाबुलाइ रक्सि नखान सम्झाउ गर्थे। बाबुले नमानेपछि उनले पसलेहरुलाई लक्ष्मीलाइ रक्सि नबेच्न आग्रह गर्थे । तर सोमबार साझ लक्ष्मीले रक्सि खाएर घर आएपछि बाबु छोराबीच विवाद हुदा लक्ष्मीले आफुसंग रहेको चक्कु निकालेर छोरामाथि प्रहार गरे।

साँझ सवा सात बजे भएको यो घटनामा छोरा मधो गम्भिर घाइते भए । नेशनल मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भयो ।

चक्कु प्रहार गर्ने लक्ष्मी साहलाई नियन्त्रणमा लिएर आवश्यक अुनसन्धान र कारबाही प्रक्रिया शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा पनि रक्सी पिउने विषयमा नै बाबु–छोराबीच मतभेद थियो ।

‘लक्ष्मीले अत्यधिक मापसे सेवन गर्ने गरेका रहेछन्,’ छोराले छोड्न दबाब दिँदै आएका थिए, धेरै ठाउँमा त बुबालाई रक्सी बेच्नै बन्द गराउन पनि सफल भएका रहेछन्,’ प्रहरी निरीक्षक सिंहले भने, ‘सोमबार साँझ पनि बाबु रक्सीले मातेर आएपछि दुवै जनाबीच विवाद भयो, बुबाले चटपटे बनाउनका लागि बनाइएको चक्कुले छोरालाई हानिदिएछन् ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…