थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५५ हजार बढि

काठमाडौँ । पछिल्लो २४ घन्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ।

देशभरका प्रयोगशालाहरुमा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्याको मन्त्रालयले जानकारी दिएको छ।

कुल संक्रमित मध्ये हाल सम्म ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामात्रै ८७९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५१२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जना छन् ।

यस्तै रुपन्देहीका ८१ जना, कैलालीका ७०, कास्कीका ५४, सुनसरीका ४६, दाङका ४५, सुर्खेतका ३९, सिराहाका ३४, मोरङका ३२, चितवनका ३१, बाँकेका २४, ओखलढुंगाका १९, काभ्रेका १८, तनहुँका १७, मकवानपुरका १४, बाराका १२, गोरखाका १० र पर्साका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ र डोटीका ८/८ जना, झापा, नवलपरासी, पाल्पा र दैलेखका ७/७ जना, अछामका ५ जना, धनुषा र कपिलवस्तुका ६/६ जना, लमजुङका ४ जना, नुवाकोट, कञ्चनपुर र बझाङका ३/३ जना, उदपयुर, भोजपुर, सप्तरी, सर्लाही, नवलपुर, बाग्लुङ, स्याङ्जा, गुल्मी, रोल्पा, जाजरकोट र सल्यानका २/२ जना र महोत्तरी, दोलखा, रामेछाप, सिन्धुली, अर्घाखाँची, कालीकोट र डडेलधुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…