
बुटवल । लकडाउने धेरै उद्योगी व्यवसायी घरबाट बाहिरै निस्कन नसक्ने अवस्थामा सरकारको निर्णयले निश्चित आयातकर्तालाई भने फाइदा पुगेको छ । त्यसमध्ये एक हो, विदेशी मदिरा आयात गर्दै आएको विशाल ग्रुप अन्तर्गतको ग्लोबल ट्रेडिङ । ग्लोबल ट्रेडिङले सरकारले आयातमा प्रतिबन्ध लगाउनुभन्दा केही दिनअघि मात्रै दर्जनौं कन्टेनर मदिरा आयात गरेको र त्यसलगत्तै अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएको आरोप अन्य आयातकर्ताको छ ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँगको सम्बन्धका कारण ग्लोबल ट्रेडिङले पहिले नै विदेशी मदिरा आयात गरेर निर्णय गराएको आरोप लाग्दै आएको छ । अन्य व्यापारीका अनुसार ग्लोबल ट्रेडिङले दसैंसम्म पुग्नेगरी स्टक राखेको छ । ती व्यापारीका अनुसार अहिले बजारमा ग्लोबल ट्रेडिङले ल्याएको बाहेक विदेशी मदिरा पाइँदैन ।