
बुटवल। प्रदेस ५ सरकारको कृषि तथा सहकारी मन्त्रालयले प्रदेसका १०९ स्थानीय तहका लागि कृषि प्राविधिकको दरवन्दी खुलाउन लागेको छ। यस्तै रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने मन्त्रालयले जनाएको छ । यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने छ । शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने मन्त्रालयको तयारि छ।