प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

siddhartha wheel mart

कुनै पनि व्यक्तिको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गरिदैन, त्यसले अनेकन समस्या निम्त्याउने जोखिम रहन्छ ।

आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ?

aawash steels

जति खाएपनि नअघाउने

सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन चिकित्सकहरु प्रोटिन खाने सल्लाह दिने गरिन्छ । शरीरमा प्रोटिनको कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महसुस हुने गर्छ । जति खाना खाएपनि दिनभर भोको महसुस हुने गर्छ ।

super kinetic courier

‘सेल मेटाबोलिज्म’ मा  प्रकाशित एक अध्ययन अनुसार उच्च मात्रामा प्रोटिनको सेवनले भोकलाई नियन्त्रण गर्ने प्रोटिन निष्कासित  हुने गर्छ, जसले लामो समय पेट भरिएको महसुस हुने गर्छ ।  मुसाहरुमा गरिएको उक्त अध्ययन अनुसार उच्च प्रोटिनयुक्त खानेकुरा खाने मुसाको तुलनामा प्रोटिनको सेवन नगर्ने मुसाहरुमा बोसोको मात्रा धेरै रहेको पाइएको थियो ।

प्रतिरक्षा प्रणाली कमजोर हुने

हुन त विज्ञानमा अहिलेसम्म यो कुनै उपचारको विकास भएको छैन, जसले तपाईलाई रोग मुक्त जीवन जिउने सुनिश्चितता जाहेर गरोस् । यद्यपी, शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन एक राम्रो विकल्प हुनसक्छ ।

‘ओबेसिटी एण्ड वेट लस थेरापी’ नामक जर्नलमा उल्लेख गरिए अनुसार प्रोटिनको कमी हुने व्यक्तिमा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ ।

किनकी प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्टिबडिज निर्माण गर्न सहयोग पु¥याउँछ । जसले शरीरलाई विभिन्न किटाणु , जिवाणु तथा रोगहरुसँग लड्न सिकाउँछ ।

हड्डी भाचिने जोखिम

दूधले हड्डी मजुबत बनाउँछ भन्ने कुरा त तपाईले अवश्य सुन्नु भएको होला । जबकी हड्डीको समग्र विकास तथा हड्डीको मजबुतीको लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका रहेकै हुन्छ  । त्यसैले, जो व्यक्तिले पर्याप्त मात्रामा प्रोटिनको सेवन गर्र्दैन, त्यस्ता व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तनुका साथै हड्डी फ्राक्चर हुने समस्या पनि बारम्बार उत्पन्न हुन्छ ।

हातखुट्टा सुन्निने

शरीरमा प्रोटिनकै कमीका कारण शरीरमा इडिमाको समेत समस्या निम्तने गर्छ । जसका कारण हातखुट्टामा फ्लुड जम्मा भए हातखुट्टा सुन्निने गर्छ ।

प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न अहम भूमिका निर्वाह गर्छ । उक्त  नुन तथा पानीलाई कोशिकामा छिर्न दिदैन ।  रगतमा प्रोटिनको मात्रा न्युन भएमा उक्त फ्लड नियन्त्रित हुन पाउँदैन, जसका कारण हातखुट्टा दुख्ने, सुन्निने समस्या हुन्छ ।

कपाल झर्ने

शरीरमा प्रोटिनको कमी भएमा यसले सबैभन्दा धेरै असर कपाललाई पार्ने गर्दछ । त्यसो त हाम्रो कपालको रौं किरेटिन नामक तत्वले बनेको हुन्छ, जुन हाम्रो कपालको जरामा उत्पादन हुने गर्छ । तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने तथा कपाल फाट्ने गर्छ ।

नङ टुक्रिने

मानिसको कपाल झै हातखुट्टाको नङ पनि केराटिनबाट बनेको हुन्छ । त्यसैले, शरीरमा प्रोटिनको कमी भएमा नङ  चिरा पर्नुका साथै टुट्ने तथा भाच्चिने गर्दछ । त्यसैले पनि, नङलाई स्वस्थ राख्न छाला रोग विशेषज्ञहरु खानामा भरपूर मात्रामा प्रोटिनलाई समावेश गर्न सुझाव दिने गर्छन् ।

उच्च रक्तचापको समस्या

प्रोटिनको कमीका कारण पनि मानिसलाई उच्च रक्तचापको समस्या हुने गर्दछ । अण्डा, मासु लागायतका उच्च प्रोटिनयुक्त आहारको सेवन गर्ने युवाहरुमा चार वर्षको अवधीमा उच्च रक्तचापको समयमा कम भएको  पाइएको छ ।

त्यसैले, पनि चिकित्सकहरु उच्च रक्तचापको विरामीलाई प्रशस्त मात्रामा प्रोटिनको सेवन गर्न सल्लाह दिने गर्दछन् । अन्यथा, उच्च रक्तचापका कारण मानिसलाई हृदयघात, पक्षघात लगायतका समस्या निम्तने जोखिम उच्च हुने गर्दछ ।

छाला सम्बन्धि समस्या

छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या प्रोटिनको कमीका लक्षण हुनसक्दछन् । ओरिगन स्टेट युनिर्भसिटीले गरेको एक अनुसन्धान अनुसार शरीरमा प्रोटिनको कमी भएमा छाला सम्बन्धि एलर्जीहरु देखा पर्ने गर्दछ । यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा एक्जिमा पनि भन्ने गरिन्छ । जसका कारण छाला चिलाउने, पोल्ने तथा  छालामा रातो दाग आउने गर्दछ ।

मांसपेशी कमजोर हुने

मांसपेशी बलियो बनाउन प्रोटिनको सेवन जरुरी छ । जब हामी प्रोटिनको सेवन गर्छौ, हामीले सेवन गरेको प्रोटिन अमिनो एसिडको रुपमा टुक्रिने गर्दछ र शरीरको मांसपेशीलाई आवश्यक पोषण प्रदान गर्दछ । जसका कारण मांसपेशी बलियो हुने गर्दछ ।

तर शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्वबाट प्रोटिन खोज्न थाल्दछ । त्यतिबेला यसले पुन अमिनो एसिडबाट प्रोटिन लिने गर्दछ ।

अनियमित महिनावारीको समस्या

अनियमित महिवारीका कारण धेरै महिलालाई समस्या हुने गर्छ । अनियमित महिनावारी विशेषगरी पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस्) का कारण हुने गर्छ ।  पिसिओएस भएमा महिलामा हर्मोन सम्बन्धि समस्या हुनेका साथै बाझोपनाको समस्या निम्तने गर्छ ।

पिसिओएसको समस्या कम गर्न चिकित्सकहरु उच्च प्रोटिनयुक्त खानेकुराको सेवन गर्न सल्लाह दिने गर्दछन् । जबकी पिसिओएसबाट पिडित महिलालाई मैदाबाट बनेको खानेकुरा, चिनी लगायत कार्वोहाइड्रेट्सयुक्त खानेकुरा नखान सल्लाह दिइने गरिन्छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा

काठमाडौं,फाल्गुन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई ‘मिस्टर कन्फर्टेवल’ को उपमा दिँदै देश बर्बाद पार्न लागेको आरोप लगाएका…

प्रधानमन्त्री ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

काठमाडौं,फाल्गुन १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनैपनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने…

गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाए

काठमाडौं,फाल्गुन १६ । गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्। आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री…

नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक…

काठमाडौं,फाल्गुन १६ । नेपाल प्रहरीको साइबर ब्युरोको आधिकारीक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज खोल्ने व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का १८ वर्षीय…

मिस नेवाः बनिन् कृषा महर्जन

काठमाडौं,फाल्गुन १६ । राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्। नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको…