पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने

२६ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले विगतमा गरिरहेको एक गल्तीबाट पाठ सिकेको छ, त्यो हो आन्तरिक पर्यटकमाथिको उपेक्षा । यसलाई स्वीकार गर्छन्, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं । उनी भन्छन्, ‘अब हाम्रो घैंटोमा घाम लागेको छ, हिँजो डलर–डलर भन्दै आन्तरिक पर्यटकमाथि वेवास्ता भयो ।’

उनको यो संकेत कोरोना महामारीकै बीचमा आन्तरिक पर्यटक घुमघाममा निस्कन्छन् भन्ने होइन, विदेशी पर्यटक आउन लामो समय लाग्ने अवस्थामा शुरुवात आन्तरिक पर्यटकबाटै गर्न सकिने अवस्था थियो । तर, विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिँदा दुवै क्षेत्र सुस्ताउने चिन्ता व्यवसायीमा छ । यसै सन्दर्भमा नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्र आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति निर्माणमा जुटेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा छन् । मन्त्रालय अबको दुई वर्ष सातामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा रहेको मन्त्री योगेश भट्टराईले जानकारी दिए । मेरो प्रस्ताव सातामा दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा गरौं भन्ने छ, यसले घुमघाममा निस्कन चाहनेहरुलाई पर्याप्त समय मिल्छ, यो पर्यटन पुनरुत्थानका लागि पनि महत्वपूर्ण सावित हुनेछ ।आन्तरिक पर्यटन प्रवर्द्धनको प्याकेजबाट नेपालीलाई घुमफिरमा आकर्षित गर्न सके त्यो राज्य र व्यवसायी सबैलाई फलदायी हुने अपेक्षा होटेल व्यवसायीको छ

मन्त्री भट्राईका अनुसार अहिले आन्तरिक पर्यटन प्रवर्द्धनबाटै पर्यटन क्षेत्रलाई जीवित राख्न सकिने सम्भावनाबारे सरकारले निजी क्षेत्र र नेपाल पर्यटन बोर्डसँगको समन्वयमा रणनीति बनाइरहेको छ । सम्भवतः सोही रणनीतिमा साताको दुई दिन सार्वजनिक बिदा दिने गरी कार्यक्रम समेटिने भएको छ ।

महामारीबाट पर्यटन क्षेत्रलाई तत्काल धरासायी हुन नदिन आन्तरिक पर्यटन रणनीति बनाएर जान लागिएको नाट्टाका अध्यक्ष गुरागाईंले जनाए । ‘लामो समय विदेशी पर्यटक आउने सम्भावना नरहेका कारण अब आन्तरिक पर्यटककै भरमा उद्योग धानिनुपर्छ,’ उनले भने, ‘विगतमा आन्तरिक पर्यटनलाई प्राथमिकता नदिएका हामी पनि अब सच्चिनु पर्ने बेला भएको छ ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…