काठमाडौं। सर्वोच्च अदालतले आफ्नो नियमित सेवा आइतबारबाट सुरु गर्ने भएको छ। कोरोना संक्रमण बढेसंगै काठमाडौं उपत्यका सहित तीन जिल्लामा भाद्र ४ बाट निषेधाग्या लागेपछि सर्वोच्चले बन्दी प्रतक्षिकरण र कोरोना सङ सम्बन्धित मुद्दा मात्र हेर्ने गरेको थियो।
उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा खुलेसँगै नेपाल बार एशोसियशन, सर्वोच्च बार एशोसियशनसँगको छलफलपछि सर्वोच्च प्रशानसले आइतबारदेखि नियमति सेवा सुचारु गर्ने निर्णयमा पुगेको सहप्रवक्ता एवं उपरजिष्टार देवेन्द्र ढकालले जानकारी दिए।
ढकालका अनुसार आइतबारदेखि सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरुको प्रारम्भिक सुनुवाई, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ हुनेछ।
त्यस्तै मुद्दा दोहो¥याइ पाउँ भन्ने, निवेदन तथा मुलुकी फौजदारी(कार्यविधि) संहिता, २०७४ को दफा ७३ न अन्तरत परेका निवेदन प्रवितेदनमाथि सुनुवाई, मुद्दा फिर्ता तथा मिलापत्र सम्बन्धी काम कारबाही र सुनुवाइ हुनेछ।
सर्वोच्चले बिहीबारदेखि उपत्यका जोर विजोर प्रणालीअनुसार सार्वजनिक यातायात खुलेकाले निधषेधाज्ञा/लकडाउनका कारण रोकिएका हदम्याद, म्याद, तारिखको तीस दिने समय सुरु हुने जनाएको छ।
उपत्यकाभित्रका सेवाग्राहीले आफ्नो गुज्रेको हदम्याद, म्याद, तारिख बाटाको म्याद बाहेक भदौ २५ गतेको एक महिनाभित्र लिन सक्न सर्वोच्चले आग्रह गरेको छ।
उपत्यका बाहिरका सेवाग्राहीले भने सार्वजनिक यातायातको साधन तथा अन्तराष्ट्रिय हवाई उडान सञ्चालन हुने निर्णय भइ सेवा सञ्चालनम आएपछि सोही मितिबाट अदालतमा हदम्याद, म्याद तारिखका लागि बाटोको म्यादबाहेक तीस दिनभित्र उपस्थित हुनुपर्ने जनाएको छ।
यसअघि पनि सर्वोच्चले गत चैत ७ गतेदखि साउन ६ गतेसम्म सेवामा संकुचन ल्याएको थियो।