ट्रायल पास गरेको एक साताभित्रै स्मार्ट लाइसेन्स

siddhartha wheel mart

काठमाडौं : यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने बताएको हो ।

आठ वर्ष अघिबाट नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने स’मस्या भो’ग्नुपर्ने अवस्था थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले छपाइएको काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।

aawash steels

’उहाँका अनुसार आठ वर्षको अवधिमा देशभर गरेर २० लाख स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ । नेपालमा झन्डै ३० लाख जनाले सवारी चालक अनुमतिपत्र लिएको विभागले बताएको छ । याे समाचार नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…