चलचित्र ‘प्रेमगीत ३’ का निर्देशक छेतन गुरुङ अब सम्झनामा मात्र

siddhartha wheel mart

काठमाडौं, भदौ २५ । निर्देशक छेतन गुरुङको अन्त्येष्टी गरिएको छ । उनको आज बिहान स्वयम्भुस्थित मनाङ समाज हिमाली गुम्बामा बौद्ध परम्परा अनुसार अत्येष्टी गरिएको हो ।

उनको वुधबार बिहान २ बजे उपचारका क्रममा निधन भएको थियो । कलेजोमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

aawash steels

निर्देशक गुरुङलाई श्रद्धाञ्जली दिनका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नायक आर्यन सिग्देल, प्रदिप खड्का, सलोन बस्नेत, नायिका झरना थापा, निर्देशक दिनेश राउत, निर्माता सन्तोष सेन, नायिका कृष्टिना गुरुङ, निर्माता सुनिल कुमार थापा लगायत पुगेका थिए ।

निर्देशक गुरुङले निर्देशन गरेको पछिल्लो चलचित्र ‘प्रेमगीत ३’ हो । उनले चलचित्र ‘हुतुतु’ निर्देशन गर्ने तयारी समेत गरेका थिए । चलचित्र ‘नोभेम्बर रेन’बाट उनले चलचित्रको स्क्रिप्ट लेखन सुरु गरेका थिए ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा…

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए…

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम…

काठमाडौं,फाल्गुन २४ । प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा…

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…