सुदुरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन माध्यमबाटै परीक्षा गर्ने तयारी

डोटी, २४ भदौ । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी (कोभिड–१९) का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार खुला किताब अवधारणामा विद्युतीय (अनलाइन) प्रणालीबाट परीक्षा सञ्चालन हुनेछन् ।

विश्वविद्यालयले विद्यार्थीलाई इमेलमा प्रश्नपत्र पठाउनेछ । प्रश्न पत्र पाएको पाँच घण्टाभित्र विद्यार्थीले उत्तरपुस्तिका इमेलमा पठाउनुपर्नेछ । ‘चार घण्टा विद्यार्थीहरुलाई उत्तर लेख्नका लागि र एक घण्टा इमेलमा अपलोड गर्नका लागि छुट्याइएको छ’ सहपरीक्षा नियन्त्रक प्रेमसिंह भाटले भने ‘ए फोर साइजको कागजमा विद्यार्थीहरुले हातले लेखेर प्रष्ट देखिने गरि फोटो खिचेर वा स्क्यान गरेर इमेल गर्नुपर्नेछ ।’

उनले इन्टरनेटको सुविधा भएका विद्यार्थीहरुले घरवाटै वा आफूलाई पायक पर्ने ठाउँमा बसेर परीक्षा दिनसक्ने वताए । उनले थपे ‘इन्टरनेटको समस्या भएका विद्यार्थीहरुले सुदूरपश्चिम विश्वविद्यालयका १५ आंगिक क्याम्पसहरुमध्ये आफूलाई पायक पर्ने क्याम्पसमा गएर तोकिएको समयभित्र उत्तर पुस्तिका बुझाउनुपर्नेछ ।’

यसरी प्राप्त गरेको उत्तरपुस्तिका क्याम्पसले सोही दिन राति १२ बजेभित्र परीक्षा नियन्त्रण कार्यालयलाई इमेल गरिसक्नुपर्ने उनले वताए ।

विगत बर्षमा जस्तो बहुवैकल्पिक प्रश्न यस परीक्षामा नसोधिने सहनियन्त्रक भाटले जानकारी दिए । उनले भने ‘यो खुला किताब वा खुला स्रोतमा आधारित परीक्षा भएकाले यसमा विद्यार्थीहरुलाई विषयगत प्रश्न मात्रै सोधिनेछ ।’

किताबबाट हुवहु सार्न मिल्ले प्रश्न नसोधिने भएका कारण यस परीक्षामा विश्वसनीयताको समस्या नहुने उनको दावी छ । सहनियन्त्रक भाटले भने ‘विश्लेषणात्मक प्रश्न सोधिने भएकाले विद्यार्थीले आफ्नै मौलिकताले लेख्नु पर्ने हुन्छ ।’ विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको भाटले बताए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…