बच्चा जन्मेपछि ज्यान गयो , दाहसंस्कारपछि कोरोना पोजेटिभ रिपोर्ट

siddhartha wheel mart

२३ भदौ, काठमाडौं । चन्द्रागिरि-९, काठमाडौंकी २२ बर्षीया सरला खवास भदौ १७ गते साँझ सात बजेतिर सुत्केरी भइन् । काठमाडौंमा निशेधाज्ञा थियो । कोरोनाको सन्त्रास पनि उस्तै । एम्बुलेन्स खोजेर अस्पताल पुर्‍याउन सकस थियो । परिवारजनले अस्पतालमा भन्दा घरमै सुत्केरी गराउनुलाई सुरक्षित ठाने ।

सरलाले सन्तान त जन्माइन् । तर, उनमा थप जोखिम देखिन थाल्यो । आधा रातसम्म साल झरेन । त्यसपछि भने अस्पताल जानुको विकल्प रहेन ।

aawash steels

सरलाका जेठाजु रामचन्द्र भन्छन्, ‘ट्याक्सीलाई खबर गर्‍यौँ । तर, फकर्ंदा समस्या हुन्छ भनेर जानै मानेनन् । घर नजिकैको गाडीलाई बल्लतल्ल मनायौँ । बुहारीलाई गाडीमा राख्दा रातको १२ बजिसकेको थियो ।’

सरलाको अवस्था खराब हुँदै गइरहेको थियो । परिवारले उनलाई परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा पुर्‍याए ।

super kinetic courier

अस्पतालकी निर्देशक संगीता मिश्र भन्छिन्, ‘उहाँ हामीकहाँ नियमित जाँच गराउने बिरामी हुनुहुन्थेन । तर, हामीले हेर्‍यौँ । हामीले हेर्दा उहाँको ‘ब्रट डेथ’ भैसकेको थियो ।’

अर्थात, उनको प्राण बाटोमै छुटिसकेको थियो ।

देशको राजधानीकै बासिन्दा सरलाले समयमै अस्पताल पुग्न नसक्दा कलिलै उमेरमा मृत्युवरण गर्नुपर्‍यो ।

दाहसंस्कारपछि कोरोना पोजेटिभ रिपोर्ट

सरलाको मृत्यु त भयो, अब शव व्यवस्थापन कसरी गर्ने ? अस्पतालले बिहानको ६ बजेतिर स्वाव संकलन गरेर परीक्षणका लागि पठायो । शव अस्पतालबाट लैजानका लागि प्रशासनले परिवारलाई अनुमति थियो ।

सरला सुत्केरी हुनुअघि उनमा न ज्वरो थियो, न खोकी । कोरोनाको कुनै लक्षण नभएकाले संक्रमण छैन भन्नेमा आफन्त ढुक्क थिए । रामचन्द्र भन्छन्, ‘हामीसँग पीपीई केही थिएन, मास्क लगाएर उनलाई स्वयम्भु लग्यौँ र जातीय परम्पराअनुसार अन्त्येष्टि गर्‍यौँ ।’

तर, अर्को दिन अर्थात १९ गते विहान ११ बजे अस्पतालबाट रामचन्द्रलाई फोन गयो । अस्पतालले फोन गर्नुको तात्पर्य थियो कि सरलामा कोरोना पोजेटिभ छ ।

रामचन्द्रले अनलाइनखबरसँग भने, ‘कोरोना संक्रमित भएको खबरले हामी भयभित भयौँ । उनको अन्त्येष्टिका लागि ३०/३५ जना उपस्थित भएका थियौँ । गाडीमा अस्पताल लाने-ल्याउने गरिएको थियो ।’

यस्तो खबरले दाहसंस्कारपछिको कर्मकाण्ड पनि रोकियो । रामचन्द्र थप बोल्छन्, ‘मन्त्रालयबाट फोन आयो । वडाअध्यक्ष घरमै आएर परीक्षणका लागि नाम टिपाउन भन्नुभयो । तर, अहिलेसम्म कसैको पनि परीक्षण भएको छैन ।’

वडाले सोमबार परीक्षण गर्ने खबर दिएका थिए । तर, सोमबार वडा कार्यालयले मृतकको परिवारलाई अर्को सूचना दियो, परीक्षणका लागि अझै एक/दुई दिन पर्खिने ।

सरलाका जेठाजु रामचन्द्र अनलाइनखबरसँग भन्छन्, ‘हामी डराएर बाहिर निस्कन सकेका छैनौँ । चाँडो परीक्षण भए त ढुक्कसँग कर्मकाण्ड सक्नतर्फ लाग्ने थियौँ ।’

गर्भवतीलाई अस्पताल पाउनै सकस

सरला मात्र होइन, स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पछिल्लो पाँच महिनामा ८० जना सुत्केरीको मृत्यु भैसकेको छ । कोरोनाका कारण अस्पतालले भर्ना नगरेर रेफर गर्दा अधिकांशको मृत्यु हुने गरेको महाशाखाको अध्ययनले देखाएको छ ।

एकातर्फ कोरोनाको डरले अस्पताल नपुग्दा र अर्कोतर्फ अस्पताल पुर्‍याउनका लागि पनि सवारी साधन उपलब्ध नहुँदा पनि गर्भवतीहरुलाई निकै गाह्रो पर्ने गरेको निर्देशक डा. मिश्र बताउँछिन् ।

२४ साउनमा राति तीन बजे सिन्धुलीकी १७ वर्षीया गर्भवतीलाई प्रसुती अस्पतालमा परिवारजनले ल्याइपुर्‍याएका थिए । त्यतिबेलासम्म गर्भवतीको अवस्था निकै गम्भीर भैसकेको थियो ।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई सिन्धुलीबाट जनकपुरको प्रादेशिक अस्पतालमा पुर्‍याइएको रहेछ । तर, उक्त अस्पतालले भर्ना लिनुको सट्टा धुलिखेल अस्पतालमा रेफर गर्‍यो । धुलिखेल अस्पतालले पनि भर्ना लिएन ।

सुत्केरीको अवस्था नाजुक भैसकेको थियो । गर्भवतीका आफन्तले बिन्ती गर्दा पनि कोरोनाको डरका कारण भर्ना लिन अस्वीकार गर्‍यो । त्यसपछि बिरामीलाई काठमाडौंको थापाथलीस्थित प्रसुती अस्पतालमा पुर्‍याइयो । डा. मिश्र भन्छिन्, ‘शनिवारको दिन थियो । हामीकहाँ ल्याउदासम्म बिरामीको शरीरमा हेमोग्लोबिनको मात्र दुई प्रतिशत मात्र बाँकी थियो ।’

मिश्र अगाडि भन्छिन् ‘बिरामीलाई तत्काल रगत चढाएर अप्रेशन गर्‍यौं । अप्रेशन गर्न केही घण्टा मात्र ढिलो भएको भए ज्यान जान्थ्यो ।’

गत हप्ता ६ वटा अस्पतालले भर्ना नलिएपछि बिराटनगरकी गर्भवती सविना थापाले ज्यान नै गुमाउनुपरेको थियो । सविनाले सातौं अस्पताल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा प्राण त्यागेकी थिइन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…