अर्बौं डलर खर्च गरेर कोरोनाको भ्याक्सिन तयार गरिदै

भाद्र २४ , एजेंसी | कोभिड महामारीको नराम्रो पक्ष त थुप्रै छन् । राम्रो पक्षचाहिँ जुन रफ्तारमा औषधि उपचार, परीक्षण र भ्याक्सिनको विज्ञान र प्रविधिको विकास भइरहेको छ, त्यो अत्यन्तै सुखद छ । सामान्यतया पहिले-पहिले भ्याक्सिन बनाउन १५-२० वर्षसम्म लाग्ने गर्थ्यो । आजसम्म सबैभन्दा छिटो बनाइएको भ्याक्सिनलाई पनि ४ वर्ष लागेको थियो । अहिले भने एक वर्षभन्दा कम समयमा धेरै भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेका छन् ।

भ्याक्सिन बनाउन धेरै समय लाग्ने केही कारण छन् । कुन एन्टिजन वा प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा भाइरसविरुद्ध प्रभावकारी हुन्छ भनेर प्रारम्भिक अध्ययन गर्दा नै लामो समय लाग्न सक्छ । भ्याक्सिन बनाउन साधन र स्रोत पनि धेरै लाग्ने गर्छ । यसमा लगानी गर्न जो कोही तयार हुँदैनन् । त्यसैले जुन पायो त्यही रोगको बारेमा भ्याक्सिन बन्दैन । किनकि त्यसले उत्पादक कम्पनीलाई फाइदा हुँदैन । हाम्रो जस्तो देशमा मात्र हुने संक्रामक रोगको भ्याक्सिन नबन्नुको कारण त्यही हो ।

भ्याक्सिनको प्रभावकारिता र सुरक्षाको सुनिश्चितताका लागि गर्नुपर्ने परीक्षण एकदम लामो हुने गर्छ । यसमा प्रक्रियागत र प्रशासनिक झण्झट पनि बढी हुन्छ ।परीक्षणको अग्रपङ्तिमा रहेको भ्याक्सिन मे वा जून महिनातिरबाटै परीक्षण सुरु भइसकेको थियो, अक्टोबर महिनाको अन्त्यतिरसम्म आवश्यक संख्यामा तेस्रो चरणको परीक्षण हुने देखिन्छ । त्यसको एक महिनासम्म भ्याक्सिनको प्रभावकारिता हेर्नुपर्नेछ ।

धेरै पैसा, स्रोत साधन र लामो समय लाग्ने भएकाले भ्याक्सिन निर्माण कार्य जटिल र झण्झटिलो हुन्छ । यसपटक त विश्वव्यापी महामारी भएर धेरै कम्पनीहरू भ्याक्सिन बनाउन लागिरहेका छन् । किनकि कोभिडविरुद्धको भ्याक्सिन यो महामारीको अन्त्यका लागि एउटा महत्वपूर्ण औजार हो । त्यसैले कोभिडविरुद्धको भ्याक्सिन बनाउन धेरै कम्पनीले अर्बौं डलर नै खन्याएका छन् ।

यसपटक एउटा महत्वपूर्ण फाइदा के भइदियो भने सन् २००२/०३ मा सार्स कोरोना भाइरस आएको बेला त्यसविरुद्ध भ्याक्सिन बनाउनका लागि अध्ययन भएको थियो । त्यसबेला नै सार्स कोरोना भाइरसको कुन प्रोटिन वा एन्टिजिन प्रयोग गरेर भ्याक्सिन बनाउँदा उपयुक्त हुन्छ होला भनेर प्रारम्भिक ज्ञान हामीलाई थाहा भइसकेको थियो । त्यही ज्ञान यसपटक काम लाग्यो र अध्ययनको लामो समय बच्यो ।

अहिले हामीलाई सार्स कोरोना २ भाइरसको कुन प्रोटिन प्रयोग गरेर भ्याक्सिन बनाउदा ठीक होला भनेर लामो अध्ययन गर्नुपर्ने भएको भए भ्याक्सिन बनाउन यति छिटो काम हुने थिएन ।

त्यसैसँग सम्बन्धित अर्को महत्वपूर्ण पक्ष के हो भने यसबीच भ्याक्सिन डिजाइन प्रविधिमा धेरै परिवर्तन आएको छ । पहिले हामीसँग भाइरसलाई मारेर या शिथिल तुल्याएर बनाइएका भ्याक्सिनहरू हुन्थे । अहिले आरएनए भ्याक्सिन, डीएनए भ्याक्सिन,  भाइरल भेक्टोरड भ्याक्सिन जस्ता प्रविधि विकास भएका छन् । यिनीहरू पहिले उपलब्ध थिएनन् । यी नयाँ प्रविधिको प्रयोगले निकै छिटो भ्याक्सिन डिजाइन गर्न सम्भव भएको छ ।

एउटा उदाहरण दिन्छु, अमेरिकामा ‘इनोभियो’ भन्ने एउटा कम्पनीले जनवरी ११ मा सार्स कोरोना भाइरस २ को ‘जिन सिक्वेन्स’ पत्ता लगाएर इन्टरनेट राखेको केही घण्टामै केही ‘भ्याक्सिन क्यान्डिडेट’ डिजाइन गरिसकेको थियो । ‘मोडर्ना’ भन्ने कम्पनीले अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर त्यो जिन सिक्विन्स’ थाहा भएको २ महिनामा ‘भ्याक्सिन क्यान्डिडेट’ बनाएर क्लिनिकल ट्रायलमा लगिसकेको थियो । सामान्यतया वर्षौं लाग्ने यी कुरा केही हप्तामै भएको छ । स्रोत पनि सबैले भ्याएसम्म र सकेसम्म लगाएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…