पहिरोका कारण डेढ सय जना घर छाडेर ओडारमा

नुवाकोट , भदौ २४ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सिसिपुमा पहिरो गएपछि स्थानीय थातथलो छाडेर ओढार र नजिकका सुरक्षित स्थानतिर लागेका छन् । मंगलबार आएको पहिरोले दुई घरमा क्षति पुगेको थियो । बस्तीमाथि छोम्बरडाँडाबाट पहिरो आएको हो ।

मानवीय क्षति नभए पनि जोखिम उच्च भएको भन्दै सिसिपु र स्योलोलोका गरी १ सय १३ घरधुरीले गाउँ छाडेका हुन् । चार परिवार कसेरीमा गएर बसेका छन् । करिब १ सय ५० जना बोल्चोकको ओढारमा बसिरहेका छन् । स्योलोलोमा पनि पहिरोले दुईवटा गाई पुरिदिएको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङका अनुसार स्थानीयलाई घ्याङडाँडा र बोल्जुमा सारिँदै छ । गाउँपालिकाले बुधबार स्थानीयलाई सातवटा टेन्ट र २० वटा त्रिपाल दिएको छ । ‘पानी पर्न रोकिएको छैन,’ अध्यक्ष तामाङले भने, ‘पहिरो झरिरहेकै छ ।’ सिसिपु मात्र नभई बुधबार तालु र कसेरीमा पनि पहिरो गएको छ । उक्त क्षेत्रमा फोन सम्पर्क हुन समेत मुस्किल पर्छ । पहिरोग्रस्त क्षेत्र सदरमुकाम विदुरबाट करिब ५० किमि पूर्वी भेगमा पर्छ । उक्त वडाका निगाले, बोल्जु, काउले, सेजुङ र नेगी जोखिमयुक्त बस्ती हुन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…