पब्जीको विकल्पमा अक्षय कुमारले ‘फौजी’ मोबाइल गेम ल्याउने

२३ भदौ, काठमाडौं । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताए ।

उनले यो गेम निर्माणको लागि लामो समयदेखि काम चलिरहेको उनले उल्लेख गरे । उनले गेमको पहिलो लेभल भारतको चीनसँगको सीमा विवाद रहेको गलवान घाटीमा आधारित रहेको बताएका छन् ।

गत जुनमा भारत र चिनियाँ सेनाको बीचमा गलवान घाटीमा झडप भएको थियो । उक्त झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको बीचमा तनाव चल्दै आएको छ ।

तनाव बढेसँगै भारतले लोकपि्रय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

भारतमा पछिल्लो वर्षयता पब्जी निकै लोकपि्रय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।

कम्पनीका सह संस्थापक गोन्डलका अनुसार यो मोबाइल गेमबाट हुने आम्दानीको २० प्रतिशत भारतका लागि सहिद बनेका परिवारका सदस्यलाई प्रदान गरिनेछ ।

कम्पनीका अनुसार यो गेमको नाम ‘फौजी’ अभिनेता अक्षय कुमारले नै जुराएका हुन् । शुक्रबार अक्षय कुमारले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो गेमको बारेमा जानकारी दिएका थिए । उनले यो गेम ल्याउँदै गर्दा आफूलाई गर्व महसुस भइरहेको बताए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…