
काठमाडौं, भदौ २३ । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ ।
कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जानकारी दिए ।
मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए ।