डोल्पामा जीप दुर्घटना, पाँच घाईते तीनको अवस्था नाजुक

डोल्पा। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ६ मा पर्ने रुखबाडामा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भीर रहेको छ।

सोमबार बिहान पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जादै गरेको लु १ ज ४२२९ नम्बरको को जीप बिहान १० बजेतिर  दुर्घटनामा परेको प्रहरीले जनाएको छ।दुर्घटनामा परेका पाँच जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेकोे प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका ५ बस्ने २४ वर्षका जीप चालक रामबहादुर रोकाय, सोही स्थानका २५ वर्षका सवारीधनी नरबहादुर रोकाय, वडा नं ६ का लोकचन्द्र बिक, सोही स्थानका हिरा बिक र मिना पुन रहेको प्रजिअ सुनारले बताए ।

घाइते मध्ये चालक रोकाय, सवारी धनी नरलाल रोकाय र लोकचन्द्र बिकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रजिअ सुनाले जानकारी दिए । 

अन्य दुई जनाको अवस्था सामान्य रहेको छ । घाइते मध्ये हिरा बिक गर्भवतीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारकालागि जिल्ला अस्पताल डोल्पातर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भईरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायले जानकारी दिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…