अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त

siddhartha wheel mart

काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम् अर्बपति विनोद चौधरी कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। १० दिनको होम आइसोलेसनपछि चौधरीले कोरोना जितेका हुन् । 

१२ भदौमा कोरोना संक्रमित भएका चौधरीले शनिबार कोरोना संक्रमणबाट मुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

aawash steels

नले फेसबुकमा लेखेका छन्, ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो। त्यही ऊर्जाकै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु । मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’
 
यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य डिना (महालक्ष्मी) उपाध्याय पनि २१ दिनमा कोरोना भाइरसबाट मुक्त भएकी छन् । उपाध्यायले शनिबार बिहान २१ औं दिनमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट पाएकी हुन्। 

संक्रमित भएको ११औं दिनको रिपोर्ट पोजेटिभ आए पनि आजको रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…