चितवनमा थप पीसीआर ल्याब खुल्ने

२१ भदौ, चितवन । पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा पनि पीसीआर परीक्षण ल्याब खुल्ने भएको छ ।

बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले अस्पतालमा कोरोना परीक्षण गर्ने मेसिन उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले पीसीआर मेसिनसहित त्यसको व्यवस्थापन, सञ्चालन तथा आइसोलेसन व्यवस्थापनका लागि ५० लाख रूपैयाँसमेत दिने निर्णय गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिए ।

रत्ननगर अस्पताल प्रदेश सरकारको मातहतमा छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले स्थानीय सरकार, प्रदेश सरकारले ल्याब स्थापना र जनशक्ति व्यवस्थापनका लागि सहयोग गर्दा काम छिटो हुने बताए । उनले ५० लाख रकम ल्याब र आइसोलेसनका लागि संयुक्त रुपमा राख्दा ल्याब स्थापनामा ढिला हुनसक्ने भएकाले स्थानीय सरकारले त्यसमा आवश्यक सहजीकरण गरिदिनुपर्ने बताए ।

पूर्वी चितवनका चार वटा नगरपालिकाले बागमती प्रदेश सरकार समक्ष पीसीआर मेसिन खरिद गर्न र आइसोलेसन व्यवस्थापन गरिदिन सहयोग मागेका थिए । पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रुपमा संक्रमितहरुलाई राख्न रत्ननगर नगरपालिकामा आइसोलेसन केन्द्र तयार गरेका छन् । पूर्वी चितवनमा पीसीआर मेसिन नहुँदा ती नगरपालिकाका शंकास्पद कोरोना संक्रमितको परीक्षण भरतपुुुर कोभिड ल्याब र चितवन मेडिकल कलेजमा हुँदै आएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…