वीरगन्ज। वीरगन्जको नारायणी अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २६ जनामा संक्रमण पुष्ठि भएको छ। संक्रमण पुष्ठि हुनेमा २४ जना पर्सा र २ जना बाराका रहेको अस्पताल प्रसासनले जान्कारी गराएको छ।
अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ५१० जनाको स्वाव परिक्षण गर्दा ५ महिला सहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनाको रिपोर्ट पोजिटिभ आएको हो।