काठमाडौं। कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ। यो संगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २८० पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेस्वर देवकोटाले जान्कारी दिइएका छ्न।
मन्त्रालयका अनुसार शुक्रबार निधन हुनेमध्ये तीन महिला छन् । मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको निधन भएको हो ।
त्यसैगरी काठमाडौंका तीनसहित अन्य ६ पुरुषको निधन भएको छ । काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । त्यसैगरी पर्साका ७५, महोत्तरीका ७८ र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार निधन हुनेमध्ये तीन महिला छन् । मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको निधन भएको हो ।
त्यसैगरी काठमाडौंका तीनसहित अन्य ६ पुरुषको निधन भएको छ । काठमाडौंका ४१, ५९ र ६५ वर्षीय पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । त्यसैगरी पर्साका ७५, महोत्तरीका ७८ र रुपन्देहीका ४० वर्षीय पुरुषको कोरोनाकै कारणा मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ। गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।