
एजेन्सी। रसियाले बनाएको कोरोना विरुद्धको खोप “स्पुतनिक-५” कोरोना विरुद्ध प्रभावकारी रुपले काम गरिरहेको चर्चित मेडिकल जर्नल “द लानसेट” ले जनाएको छ।
जर्नलका अनुसार उक्त खोपले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको छ।
दुई वटा परीक्षणको नतिजाले सबै सहभागीमा बिना कुनै गम्भीर दुष्प्रभाव खोपले कोरोना भाइरसविरूद्ध शरीरमा शतप्रतिशत प्रतिरोधी क्षमताको विकाश गरेको जर्नलले उल्लेख गरेको छ।
यसै वर्षको जुन-जुलाईमा ७६ जनामा खोप दिएर परीक्षण सुरू गरिएको थियो।
कोभिड-१९ को संक्रमणलाई रोक्न दीर्घकालीन सुरक्षा र प्रभावकारिता स्थापित गर्न मनोवैज्ञानिक तुलनासहितको व्यापक दीर्घकालीन परीक्षण र थप निगरानीको आवश्यक छ’, जर्नलमा अगाडि भनिएको छ।
४२ दिनको अवधिमा ३८ जना स्वस्थ्य वयस्क मानिसलाई समेत समावेश गरी दुई पटक दिइएको खोपले परीक्षणमा सहभागी कसैलाई गम्भीर असर गरेको भेटिएन र खोपले सहभागीहरूमा एन्टीबडी बनाएको पाइयो’, लानसेन्टले भनेको छ।
रसिया कोरोना विरूद्धको खोप तयार भएर आमप्रयोगका लागि अनुमति दिने विश्वको पहिलो मुलुक हो।
केही पश्चिमा विज्ञहरूले भने अन्तर्राष्ट्रियरूपमा खोपको प्रमाणिक परीक्षण र नियमन कदम चालेपछिमात्र प्रयोग गर्नुपर्नेमा सचेत गराएका छन्।
खोपको ‘स्पुतनिक-५’ नाम तात्कालिन सोभियत युनियनले प्रक्षेपण गरेको विश्वको पहिलो अन्तरीक्ष सेटेलाइटलाई समर्पित गर्दै दिइएको हो।