
काठमाडौं। कोरोना भाइरस (कोविड-१९) को संक्रमणका कारण पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ। जस्मा ३ जना काठमाडौंका रहेको स्वस्थ मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेस्वर देवकोटाका अनुसार मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला हुन् ।
यस्तै,सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको प्रवक्ता देवकोटाले बताए।
शुक्रबार १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ४६४ महिला र ८९५ पुरुष गरेर १३ सय ५९ पुगेको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ। यो कुल संक्रमितको ५६ प्रतिशत हो।