स्वास्थ्य शरीर र सौर्न्दर्यको लागि मही खानुका फाइदा

काठमाडौं, भदौ १९ । गाँउघरमा विषेश गरेर गर्मी याममा पानी को सट्टा मही खाने चलन अझै पनि कायमै छ। तर शहर बजारतिर भने दही, मही खाने चलन बिस्तारै हराएर जान थालेको छ । महीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ ।

स्वादको हिसाबले मात्र नभई मही स्वस्थ रहन र विभिन्न किसिमका शारीरिक समस्या समाधान गर्न पनि त्यति नै उपयोगी मानिन्छन् ।

आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मही सेवन गर्ने व्यक्ति रोगी हुँदैन ।’ दहिबाट नौनि निकाले पछि मोही बन्ने गर्दछ । अधिकांशले महि र लस्सीको सेवन निकै रुचाउने गर्दछन् ।

स्वादमा यो ज्यादै स्वादिलो लाग्छ र शरीरमा शीतलता पनि प्रदान गर्छ । नूनिलो वा मिठो लस्सीको रूपमा यसको सेवन पाचनको लागि फाइदाजनक हुन्छ ।

महि खानु फाइदा –

१-मोटोपना अधिक हुँदा मोहिमा नून मिलाएर पिउनु फाइदाजनक हुन्छ । उच्च रक्तचाप हुँदा गिलोयको चूर्ण महिको साथ सेवन गर्नुपर्दछ । त्यसैगरि बिहान-साँझ मोहिको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ ।

२-महिको सेवन भुटेको जिराको साथ गर्ने गरिन्छ, जसले पाचन प्रणालीमा मद्दत गर्छ र पेटको गर्मी र अन्य समस्याहरूबाट पनि जोगाई राख्छ ।

३-सौन्दर्य समस्याको लागि महि निकै फाइदाजनक चीज हो । महिमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा त्वचाको चाउरीपना कम हुन्छ । यसको साथै गुलाबको जरालाई महिमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ ।

४-पटक-पटक बाडुल्की लाग्ने समस्या रहेमा महिमा एक चम्मच अदुवाको पाउडर मिलाएर सेवन गर्नु लाभदायक हुन्छ । उल्टी वा उल्टी आउने जस्तो मन भएमा महिमा जायफल पिसेर यसको मिश्रण पिउँदा लाभ मिल्छ ।

५-शरीरको कुनै पनि भागमा पोल्लेको छ भने तुरुन्त महि लगाउँदा आराम मिल्छ । चिलाउने समस्या हुँदा अमलतास (cassia Fistula)को पातलाई मोहिमा पिस्नुहोस् र शरीरमा मल्नुहोस् । केही समस्या पश्चात् स्नान गर्नुहोस् । शरीर चिलाउने समस्या कम हुँदै जान्छ ।

६-यदि तपाई अत्यधिक तनावबाट गुज्रिनु भएको छ भने नियमित महिको सेवन लाभदायक हुन्छ । शरीरको साथ-साथै दिमागको गर्मीलाई कम गर्नका लागि पनि महिको सेवन उपयोगी हुन्छ ।

७-कपाल झर्ने समस्यामा पनि महि उपयोगी हुन्छ । यसको लागि बासी महिले सप्ताहमा दुई दिन कपाल धुनु लाभदायक हुन्छ ।

८-कुर्कुच्चा फाट्ने समस्या हुँदा महि तयार गर्दा निस्कने ताजा नौनी लगाउनुहोस् । यसो गर्दा फाटेको कुर्कुच्चा चाँडो ठिक हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…