अब अन्तःशुल्क स्टिकर स्वदेशमै छापिने

काठमाडौं। आन्तरिक राजस्व विभागले अन्त:शुल्क स्टिकर स्वदेशमै छाप्ने गरि तयारी गरेको छ। त्यस्को लागि स्वदेशी मुद्रण उद्योगको प्राविधिक तथा भौतिक पूर्वाधारको अवस्था र क्षमता उपभोगको साम्भाव्यता अध्ययन सुरु गरेको छ।

“नेपाली उद्योगि र कम्पनीले सार्बजनिक निकायको माग बमोजिम सेवा आपूर्ति गर्न सक्ने कि नसक्ने कुराको जाच गरि स्वदेशी उद्योगहरुलाइ क्षमता देखाउन उचित वातावरण तयार गर्न” भनी सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेपछि विभागले तयारी थालेको हो।

त्यसका लागि विभागले आफ्ना उपमहानिर्देशक शिवादेवी दाहालको संयोजकत्वमा अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा विभिन्न सरोकारवाला निकायका सम्मीलित एक अध्ययन समिति गठन गरेको छ।

गत शनिबार विभागले नेपालका मुद्रण उद्योगलाई पत्राचार गर्दै कानुनी, प्राविधिक तथा भौतिक पूर्वाधार क्षमताको विवरण त्यसलाई पुष्टि गर्ने आधार उपलब्ध गराउन आह्वान गरेको थियो। इच्छुक उद्योगीले आउँदो शनिबारसम्म विवरण पठाइसक्नुपर्ने विभागले जानकारी दिएको छ।

यसअघि स्वदेशी उद्योगले प्रतिस्पर्धामा भाग लिन नपाएको भन्दै अन्तःशुल्क स्टिकर खरिद प्रक्रिया रोक्न मिराज प्रिन्टिङ सोलुसन प्रालीले सर्वाेच्चमा रिट दायर गरेको थियो। करिब ५ महिना मुद्दा लम्बिएपछि सर्वाेच्चले रिट खारेज गरेको थियो। तर, सरकारलाई स्वदेशी उद्योगीलाई प्रतिस्पर्धामा सहभागी गराउन स्वदेशी कम्पनीको क्षमता अध्ययन गर्न निर्देशनात्मक आदेश दिएको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…