एकैदिन १२२८ मा कोरोना संक्रमण पुष्टि

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । चितवन, रुपन्देही र सप्तरीका २/२ जना तथा भक्तपुर, सिन्धुपाल्चोक, नवलपरासी, प्युठान, कास्की र तनहुँमा एक/एक जनाको मृत्यु भएको हो ।सैनामैना नगरपालिका-११, रुपन्देहीकी ७७ बर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी उनलाई त्यही दिन साँझ संक्रमण पुष्टि भएको थियो ।

बुधबार दिउँसो मृत्यु भएका बुटवल उपमहानगरपालिका-७, रुपन्देहीकी ४५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । चार दिनदेखि ज्वरो आउनुका साथै स्वास प्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा पुगेकी उनको साँझ मृत्यु भएको थियो ।राजविराज नगरपालिका-७, सप्तरीका ५० बर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । बिहीबार दिउँसो अस्पताल पुगेको उनको केहीबेरमै मृत्यु भएको थियो । मधुमेहका विरामी समेत रहेका उनलाई चार दिनदेख ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समेत समस्या देखिएको थियो ।राजविराज-७ कै, सप्तरीका ५५ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । मधुमेह र उच्च रत्तचापका विरामी उनी छिन्नमस्ता अस्पतालको रिफरमा ७ भदौमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका थिए ।

मध्यपुर थिमी नगरपालिका-६, भक्तपुरका ४० बर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । मृगौलासम्बन्धी समस्या भई ब्लूक्रस अस्पतालमा उपचाररत उनलाई कोरोना संक्रमण भएको भदौ ५ गते पुष्टि भएको थियो । त्यसपछि पाटन लगिएको हो ।ईन्द्रावती गाउँपालिका-६ सिन्धुपाल्चोकका ७७ बर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । दम तथा क्षयरोगका बिरामी उनलाई भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको १२ गते पुष्टि भएको थियो ।गैंडाकोट नगरपालिका-२ नवलपुका ३७ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ९ भदौमा अस्पताल भर्ना भएका उनलाई १० गते संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।स्वर्गद्वारी नगरपालिका-७, प्युठानका ५८ बर्षीय पुरुषको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा मृत्यु भएको छ । १० भदौमा अस्पताल भर्ना भएका उनलाई १६ गते संक्रमण पुष्टि भएको थियो । उनी कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।पोखरा महानगरपालिका-६, कास्कीका ३७ बर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रामक तथा सरुवा रोग अस्पतालबाट बिहीबार रिफर भएर आएका उनको आईसीयूमा उपचारका क्रममा साँझ ५ः५० बजे मृत्यु भएको हो ।म्यादे गाउँपालिका-१, तनहुँकी ९२ बर्षीया महिलाको सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको छ । दम, मुटु तथा मिर्गौलासम्बन्धी समस्याले उपचाररत उनलाई कोरोना संक्रमण पनि भएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…