हलिउड अभिनेता रोबर्ट पेटिन्सनलाई कोरोनाभाइरसको संक्रमण भएको छ । चर्चित फिल्म सिरिज ह्यारी पोटरको गोबलेट फायर बाट ख्याति कमाएका हलिउड अभिनेता पेटिन्सनलाई बेलायतमा ‘द ब्याटम्यान’ फिल्मको छायांकनमा व्यस्त भएको बेला कोरोना संक्रमण पुष्टि भएको हो । ३४ वर्षीय अभिनेता पेटिन्सनलाई संक्रमण देखिएसँगै फिल्मको छायांकन हालका लागि स्थगित गरिएको छ ।
ब्याटम्यानको निर्माता वार्नर ब्रोजले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्मका एक सदस्यलाई कोभिड १९ पोजिटिभ भएको र उनी तोकिएको मापदण्ड अनुसार आइसोलेसनमा बसेको बताएको थियो। उसले फिल्मको छायांकन केही समयका लागि स्थगन गरिएको पनि उल्लेख गरेको थियो।
-एजेन्सी