पत्नीले गरिन् पतिको हत्या

दाङ, भदौ १८ । रुकुम पश्चिममा पत्‍नीले पतिको हत्या गरी शवलाई डोको बोकेर भिरबाट फालेकी छन् । बाफिकोट गाउँपालिका १० की २२ वर्षीया अन्जना पुन बुढाले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ वर्षीय पति भीमबहादुर बुढाको हत्या गरी भिरबाट शव फ्यालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै पतिको हत्या गरेकी थिइन् । पछि शव डोकोमा बोकेर स्थानीय टुटुरे जंगलको भिरमा लगेर फालेको प्रहरीको भनाइ छ । सुरुमा हत्या आरोपी अन्जनाले आफ्ना पति भदौ १० गते साँझ ८ बजेतिर कसैलाई जानकारी नदिएर घरबाट निस्किएर बेपत्ता भएको बयान प्रहरीमा दिएकी थिइन् ।

भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे टुटुरे भिरको जंगलमा फेला परेको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले आशंका लागेर भदौ १७ गते पत्‍नी अन्जनालाई पक्राउ गरेको थियो । सोही दिन सोधपुछका क्रममा अन्जनाले पतिले हत्या आफैंले गरेको स्विकारेकी थिइन् ।

मदिरा सवेन गरी आफूसँग विवाद गर्न थालेपछि सुत्ने कोठमा लाठीले हानेर हत्या गरेको उनले प्रहरीमा बयान दिएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…