कुनै युद्ध जित्नु भन्दा कम छैन कोरोना जित्न

siddhartha wheel mart

हलिउड अभिनेता ड्वेन जोनसनले केही साताअघि स-परिवार नै काेराेना संक्रमित भएकाे र अहिले सबैजना निकाे भएकाे बताएका छन् । इन्स्टाग्राममार्फत ड्वेनले आफूसहित श्रीमती र दुई छोरीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

‘मेरो श्रीमती लरेन, दुई छोरीहरु र मेरो कोरोना परीक्षण पोजिटिभ आएको थियाे,’ इन्स्टाग्राममा सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, ‘एउटा परिवारका लागि यी कुरा सामना गर्न चुनौतीपूर्ण र कठिन थियाे । व्यक्तिगत हिसाबले पनि । कुनै ठूलो चोट, दुखाइ सहनुभन्दा फरक छ कोरोना पोजिटिभ देखिनु । मेरो लागि परिवारलाई सुरक्षित गर्नु पहिलो प्राथमिकता हो ।’
परिवार नै संक्रमित हुनु दुःखको कुरा रहेको उनले बताएका छन् । ‘मलाई मात्र कोरोना संक्रमण देखिएको भए हुन्थ्यो। तर त्यस्तो भएन । मेरो परिवार नै संक्रमित भयो । यो वास्तवमा पीडादायक नै छ । तर म खुसी छु कि परिवारका सबैजना अहिले काेराेनामुक्त भएका छन् । उनीहरूकाे स्वास्थ्य पनि राम्रो छ,’ उनले भने,’सुरुको केही हप्ता दुई छोरीहरूको गलामा समस्या थियो । तर अहिले उनीहरु पनि सामान्य भएका छन् ।’

aawash steels

क्वारेन्टाइनमा रहेका उनीहरुले मास्क लगाउन नछुटाएको उनले बताएका छन् । उनले भिडियोमार्फत सबैलाई सुरक्षित रहन सन्देश दिएका छन् ।

पूर्व व्यवसायिक रेस्लर तथा डब्लुडब्लुई स्टार ४८ वर्षीय जाेनसनका द स्करपियन किङ, फास्ट एन्ड फ्युरियस र जुमान्जी फ्रेन्चाइज चर्चित छन् ।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…