विश्वमा दुई करोड ५६ लाखलाई कोरोना संक्रमण,मृत्यु हुनेको संख्या आठ लाख ५४ हजार

विश्वमा दुई करोड ५६ लाख ३८ हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले  जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ५४ हजार सात सय ७५ जना कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।  

मंगलबार  अपराह्नसम्म प्राप्त समाचारअनुसार संक्रमितमध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार नाै सय ११ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार पाँच सय ४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ ।  संक्रमितमध्ये ६१ हजार एक सय ५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । कोरोना भाइरसबाट अन्त्यत प्रभावित दशवटा देशको डब्ल्युएचओद्वारा प्रकाशित तथ्यांक  रहेका छन् ।  

aawash steels

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   अमेरिकामा ६२ लाख ११ हजार सात सय ९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८७ हजार सात सय ३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ३९ लाख १० हजार नाै सय एकजना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख २१ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ ।  भारतमा  ३६ लाख ९१ हजार एक सय ६६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ६५ हजार चार सय ३५ जनाको मृत्यु भएको छ । 

super kinetic courier

रुस नाै लाख ९५ हजार तीन सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १७ हजार एक सय ७६ जनाको मृत्यु भएको छ । पेरूमा ६ लाख ५२ हजार ३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार नाै सय ४४ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख २७ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार एक सय ४९ जनाको मृत्यु भएको छ । कोलम्बिया ६ लाख १५ हजार एक ६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १९ हजार ६ सय ६३ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा पाँच लाख ९९ हजार पाँच सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६४ हजार चार सय १४ जनाको मृत्यु भएको छ । स्पेनमा चार लाख ६२ हजार  आठ सय ५८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना चार लाख १७ हजार सात सय ३५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने आठ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

सोर्स : nayapatrikadainik

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दोस्रोपल्ट ओली–नेपालबीच मेरियट होटलमै वार्ता शुरु

काठमाडौं, वैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता शुरु भएको छ । यसअघि हिजो (बुधबार)…

भारतको महाराष्ट्रमा आजदेखि लकडाउन

नयाँदिल्ली, वैशाख ९ । कोरोनाको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि लकडाउन घोषणा गरिएको छ । आज राति ८ बजेदेखि आगामी मे १ सम्मका लागि लकडाउन…

विद्युतीय मोटरसाइकल कुलमान घिसिङद्वारा टेष्ट ड्राइभ

काठमाडौं, वैशाख ९ ।नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ। बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ…

निर्माण व्यवसायीहरुले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो

काठमाडौं, वैशाख ९ ।निर्माण व्यवसायीहरुले सरकारले आफूहरुको ६५ अर्ब भन्दाबढी रकम भुक्तानी नदिएको गुनासो गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता, दुवै हर्षित

काठमाडौं, वैशाख ९ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ। काठमाडौंस्थित होटेल मेरियटमा डेढ घण्टा भएको छलफल…