काठमाडौं : समुदायमै देखियो कोरोना

काठमाडौं, भदौ १८ । काठमाडौं उपत्यकामा समुदायमै कोरोना देखिएको अस्पताल तथा उपचारमा संलग्न विज्ञहरूले बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये धेरैमा संक्रमण पुष्टि हुनुले कोरोना समुदायमै फैलिसकेको उनीहरूले जनाएका हुन्।

उपत्यकाबाट परीक्षण गर्न शुक्रराज सरुवा रोग अस्पतालमा पुग्ने चार जनामध्ये एकजनामा कोरोना संक्रमण देखिने गरेको अस्पतालले जनाएको छ। अस्पतालले हरेक दिन ३ सय वटा नमुना परीक्षण गर्छ। तीमध्येबाट आइतबार ५७, मंगलबार १ सय ३२ जनामा संक्रमण देखिएको थियो भने बुधबार ६६ जनामा पुष्टि भएको हो। नमुना संख्याअनुसार संक्रमित संख्या प्रति चारजना परीक्षण भएकामध्येमा एकजनामा पोजेटिभ देखिएको अवस्था हो।

ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने र पखाला लाग्नेमध्ये कुनै एक समस्या भएका व्यक्ति, अस्पतालमा शल्यक्रिया गर्ने प्रक्रियामा रहेका, अस्पताल भर्ना प्रक्रियालगायत व्यक्तिमा परीक्षण गर्दा यस्तो परिणाम आउने गरेको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए।

कतिपय परिवारका सबै सदस्य नै संक्रमित हुने गरेको पाइएको अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले बताए। उनका अनुसार कतिपय एउटै परिवारका १४ जनामा समेत संक्रमण पाइएको छ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतका अनुसार काठमाडौंको बूढानीलकण्ठ, टोखा, कपनलगायतका क्षेत्रमा परिवारै संक्रमित भएका छन्। एक सातायता यस्तो तीव्र संक्रमण देखिन थालेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…