सबैको मन जित्न सफल एक नेपाली डाक्टर आफ्नै जीवनसँग हारे

बुटवल । भारतको मेदान्ता द मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण विभागमा कार्यरत नेपाली चिकित्सकले जीवन त्याग गरेका छन् । भारतीय सञ्चार माध्यम दैनिक ट्रिब्युनका अनुसार ३९ वर्षीय नेपाली डा. सुजितकुमार साहले आफू बस्ने गरेको अपार्टमेन्टको आठौं तलाबाट तल जमिनमा जीवन त्याग गरेका हुन् ।

समाचारमा बताइएअनुसार मंगलबार दिउँसो करिब तीन बजे उनले जीवन त्याग गरेका हुन् । उनी गुडगाउँको अपार्टमेन्टको आठौं तलामा भाडामा बस्दै आएका थिए ।

उनले परिवारिक कलहको कारण जीवन त्याग गरेको हुन सक्ने समाचारमा बताइएको छ । मृतक साह घरमा एक्लै बस्दै आएका थिए । उनकी पत्नी पनि डाक्टर हुन् र उनी अहिले पश्चिम बंगालमा काम गर्छिन् । उनीहरुकी ६ वर्षीया छोरी पनि आमासँगै पश्चिम बंगालमा नै बस्दै आएकी छिन् ।

घटना भएको थाहा पाएसँगै सुरक्षा गार्डले प्रहरीलाई खबर गरेका थिए । तत्काल घटनास्थलमा पुगेको प्रहरीले अस्पताल पुर्‍याउँदा साहलाई मृत घोषणा गरिएको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा यो जीवन त्याग भएको देखिएको उल्लेख गरेको छ । प्रहरी स्रोतका अनुसार घटनास्थलमा एक त्यस्तो प्रमाणको नोट पनि भेटिएको छ । जसमा उनले पारिवारिक कारणले जीवन त्याग गरेको उल्लेख गरेका छन् । उनले आफ्नी छोरीको भविष्यप्रति पनि चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ । उनी नेपाल भारत दुबैमा रहेका दुनियाँकै मनमा बसेका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…