हुम्लामा भिषण आगलागीबाट ६ घर जलेर नष्ट

हुम्ला, १८ भदाै । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा बुधबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने १५ घरमा आंशिक क्षति भएको घटनास्थलमा रहेका ७ नं. वडाका वडा अध्यक्ष कृष्ण प्रसाद जैशीले बताए ।

आगलागीबाट सर्केगाड गाउँपालिका वडा नं. ७ ठुलागाउँको बाहुन बाडामा रहेका जोखे जैशी, हरिभक्त जैशी, अपिलाल जैशी, देवीसिंह जैशी, रुपकला जैशी र मथन जैशीका ६ घर पुर्ण रुपमा जलेका छन् । अन्य १५ घरमा आंशिक क्षति भएको वडा अध्यक्ष जैशीले बताए ।

aawash steels

रोडिकोट ठुला गाउँको बाहुन दग्डामा रहेको जोख्या जैशीको घरबाट सल्किएर गाउँका अन्य घरमा फैलिएको आगो राति १२ बजे मात्र नियन्त्रणमा आएको वडाध्यक्ष जैशीले जानकारी दिए । सबै घरसँगै जोडिएकाले आगो निभाउन सँगै जोडिएका केही घरको बीचमा भत्काउनु परेको उनले बताएका छन् ।

गाउँमा लागेको आगो नियन्त्रणका लागि गाउँले सबै जम्मा भएर लागिपरेका थिए, साँझ ६ बजे लागेको आगो राति १२ बजेपछि मात्रै नियन्त्रणमा लिन सकिएकाे थियाे ।

super kinetic courier

आगलागी भएपछि नियन्त्रणका लागि सर्केघाड गाउँपालिको केन्द्र सर्केगाडबाट प्रहरीको टोली पनि परिचालन गरिएको हुम्ला प्रहरी प्रमुख डिएसपी सुर्य प्रसाद सुवेदीले बताए । घटनास्थलमा प्रहरी पुगे पनि राति भएकाले आग्लागीबाट केकति क्षति भयो, त्यसको यकिन विवरण आउन बाँकी रहेकाे प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए ।

आगलागी स्थल जिल्ला सदरमुकामबाट निकै टाढा भएको र जिल्लाको भौगोलिक विकटताका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको वडाध्यक्ष जैशीकाे भनाइ छ ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौं, चैत्र २८ ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ पीसीआर…

प्रधानमन्त्रीद्वारा कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको…

हराएकी छोरी र आमाको २० वर्षपछि सासू र बुहारीको रुपमा…

चीनको एउटा रोचक घटनाको विश्वभर चर्चा भइरहेको छ। पूर्वी क्षेत्र सुझाउको एउटा विवाह समारोहमा बुहारीको रुपमा भित्र्याउन लागिएकी युवती आफ्नै सन्तान भएको थाहा भएपछि बेहुलाको…

जाजरकोटमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट

जाजरकोट, चैत्र २८ ।जाजरकोटको नलगाड नगरपालिका–८ मंसिरीमा आगलागी हुँदा पाँच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। स्थानीय नौधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच…

भक्तपुरमा ९ दिन ८ रात लाग्ने प्रसिद्ध बिस्का जात्रा आजबाट…

काठमाडौं , चैत्र २८ ।हरेक वर्ष भक्तपुरमा लाग्ने सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (शनिबार) सुरु भएको छ। यो जात्रा ९ दिन…