बलिवुड अभिनेता सुशान्तसिङ राजपुतको आत्महत्या प्रकरण चली रहदा उनिबारे नयाँ तथ्यहरु उजागर हुदै गइरहेका छन् । यस्तैमा उनको र अभिनेत्री सारा अलि खानको गुपचुप बैंकक भ्रमणको खबर बाहिर आएको छ।
भारतको समाचार संस्था टाइम्स अफ ईन्डियाको समाचारका अनुसार चलचित्र केदारनाथको दौरान स्वर्गीय अभिनेता राजपुत र उक्त चलचित्रकि अभिनेत्री सारा अलि खान प्लेन चार्टर गरेर बैंकक घुम्न गएका थिए। तर यस विषयमा अभिनेत्री खानले कसैलाई थाहा नहोस् भन्ने चाहेकोले यो खबर धेरै समय बाहिर नआएको सुशान्तका पुर्व असिस्टेन्ट सविर अहमदले बताएको उक्त समाचारमा उल्लेख छ।
हाल भारतमा सुशान्त सिङ राजपुतको आत्महत्त्या प्रकरणले चर्चा पाइरहदा बलिवुडका अन्य कलाकार समेत यस विषयमा प्रत्येक्ष वा परोक्ष रुपमा तानिने गरेका छन् भने कतिपय कलाकारलाई भारतीय आम संचारमाध्यमले जबर्जस्ती तान्ने प्रयास गरेको कतिपय कलाकारले गुनासो गर्ने गरेका छन् ।