काठमाडौँ। उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। पहिलेकै स्वरूपमा निरन्तरता दिने कि मोडालिटीमा थोरै परिवर्तन गर्ने बारेमा गृह मन्त्रालयले टुंगो लगाउने छ।
गृह मन्त्रालयले लकडाउन बारे निणय गरिसकेपछि उपत्यकाका तिनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसि लकडाउन बारे सुचना निकाल्ने छन्।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निश्कर्ष निकालेको थियो। त्यो निश्कर्षसहित तीनै जिल्लाका प्रजिअहरूले अनुमोदनका लागि गृह मन्त्रालयमा जानकारी दिएका छन्।