एकै महिनामा भारतमा २० लाख कोरोना संक्रमीत

siddhartha wheel mart

भारतमा अगस्ट महिनाभर झन्डै २० लाखमा संक्रमण देखिएको छ । कोभिड–१९ को महामारी सुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो नयाँ रेकर्ड हो । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ । 

सरकारले अर्थतन्त्र प्रवद्र्धन गर्न अहिले कडाई खुकुलो गरिरहेको छ, मार्चमा लकडाउन सुरु गरेयता करोडौंले रोजगारी गुमाएका थिए ।  अगस्टमा भारतमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो ।

aawash steels

जबकी, यही समय अमेरिकामा प्रतिदिन औसत ४७ हजारमा संक्रमण देखियो । परीक्षण क्षमतामा वृद्धी र ग्रामिण क्षेत्रमा समेत कोरोनाको संक्रमण फैलिएकाले संक्रमितको संख्या ह्वात्तै बढेको हो । 
चारवटा राज्य उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिसामा संक्रमण ह्वात्तै बढेपछि संघीय सरकारले नै कोरोना नियन्त्रणका लागि टोली पठाउनुपरेको स्थानीय मिडियाले बताएका छन् । आर्थिक रुपमा सुविधा सम्पन्न महाराष्ट्र राज्य कोरोनाको इपिसेन्टर बनेको छ, यहाँ झन्डै ८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

परीक्षण क्षमता ह्वात्तै बढाएपनि अझै भारतको परीक्षण दर कम छ । यहाँ प्रति १० लाखमा झन्डै ३२ हजारको परीक्षण गरिएको छ । यसका बाबजुद भारतमा निको हुनेको संख्या भने राम्रो छ । पहिचान भएका झन्डै १ सय संक्रमितमध्ये ७७ जना निको भएका छन् । त्यस्तै, मृत्युदर कम छ । यहाँ मृत्यु दर २ प्रतिशतभन्दा कम छ । 

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…