बिग बस १४ को लागि सलमान खानले कति करोड पारिश्रमिक लिनेछन् त ?

बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ । बिग बस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार बिग बस १४ अक्टोबरदेखि अन एयर हुने सम्भावना छ । सलमान खानले यो सिजनका लागि आफ्नो पारिश्रमिक बढाएको पनि खबर छ ।

खबरमा बताइए अनुसार बिग बस १४ को हरेक एपिसोडका लागि सलमान खानले १६ करोड भारु पारिश्रमिक लिनेछन् । उनले बिग बस १३ का लागि करिब १२ देखि १४ करोड भारु लिएका थिए । हुन त सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउने गर्छन् । यो सिजनमा एकपटक पुनः सर्वसाधारणको इन्ट्रि हुने अनुमान गरिएको छ किनभने पछिल्लो सिजनमा सेलिब्रिटीलाई पनि प्रवेश गरिएको थियो । बिग बस–१४ का लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिसकिएको छ |

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…