धेरै सुत्नुका यस्ता छन् बेफाइदा

काठमाडौं । धेरैको भागदौडको जिन्दगी कोरोनाका कारण विश्राममा छ । पछिल्लो ६ महिनादेखि धेरै जना घरभित्रै कैद हुन बाध्य छन् । यस समयमा गृहिणीहरूको काम निश्चित रूपले बढेको छ भने घरका अरू सदस्यहरूको फुर्सद बढेको छ ।  घरमा दिनभरि बच्चा र परिवारका सदस्यको हेरचाह, बच्चाको पालनपोषण आदिमा ध्यान दिँदा धेरै समय खर्च हुन्छ । यस्तो अवस्थामा गृहिणीहरूलाई पर्याप्त आरामको आवश्यकता हुन्छ ।

अर्काेतर्फ कार्यालय र शिक्षण संस्था बन्द हुँदा धेरैको काम घरमा बस्ने मात्रै भएको छ । विशेषगरी घरका पुरुष मान्छे, बच्चा र अविवाहित महिलाहरूको तुलनामा विवाहित महिलाहरू घरमा धेरै काम गर्ने गर्छन् । धेरै बच्चा होस् या ठूला मान्छेको दैनिकी पनि दिनभरि घरमा सुतेर नै बित्ने गरेको छ । तर धेरै सुत्नु पनि स्वास्थ्यको लागि हानिकारक हुने जानकारहरू बताउँछन् । शरीरको लागि आराम कति चाहिन्छ ? यो नबुझ्दा विभिन्न स्वास्थ्य समस्याले सताउने चिकित्सकहरू बताउँछन् ।

अहिले धेरैलाई कार्यालय जाने समयको चिन्ता छैन, व्यापार व्यवसाय गर्नेलाई छिटो उठेर जानुपर्ने हतारो छैन । जसले गर्दा बिहानै उठ्नु पर्ने दबाबबाट धेरै मुक्त छन् । दिउँसो पनि निद्रा लाग्यो भने सुत्नको लागि कुनै समस्या छैन ।

कोरोनाका कारण मान्छे धेरै खाने र धेरै सुत्ने भएका छन्भन्दा गलत नहोला । धेरै खाने र सुत्ने गर्नु नै विभिन्न स्वास्थ्य समस्याको कारण बनेको छ ।

स्वस्थ रहन पर्याप्त निद्रा

स्वस्थ रहनका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक हुन्छ । थोरै सुत्नेलाई पनि अर्काे खाले स्वास्थ्य समस्याले सताउने गर्छ र अधिक निद्राले पनि स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

अत्यधिक निद्राले थुप्रै रोगहरू निम्त्याउन सक्छ । जबकि कम निदाउनु स्वास्थ्यका लागि राम्रो होइन र बढी निदाउनु पनि फाइदाजनक छैन । निद्रा नलाग्ने रोगलाई इनसोमनिया भनिन्छ भने धेरै निद्रा लाग्ने रोगलाई हाइपर सोमनिया भन्ने गरिन्छ ।

बढी निन्द्राको पहिलो प्रभाव हाम्रो पेटमा पर्छ । लामो समयसम्म सुत्दा, हाम्रो आन्द्रामा संकलन गरिएको फोहोर पानी अवशोसित हुँदा कब्जियतको समस्या हुन सक्छ । ढिलोसम्म सुत्दा र बिहान चाँडै उठ्दाको बीचमा हामीले आफ्नो शरीरमा देख्न सक्ने भिन्नताले पनि यसलाई पुष्टि गर्छ ।

कोरोनाका कारण चलिरहेको निषेधाज्ञाको समयमा धेरै सुत्ने मान्छेमा यस्ता समस्या सिर्जना हुन सक्ने चिकित्सिकहरू बताउँछन् । यसको असर स्वरूप शरीरको दुखाइ, टाउको दुख्ने, अपच, जलन, थकान महसुस हुने जस्ता समस्याहरू देखिने गर्छ । लकडाउनको समयमा धेरैले जति सुत्दा पनि थकानको महसुस भएको गुनासो गर्ने गर्छन् । वास्तवमा अधिक सुत्नु नै माथि उल्लेखित समस्याको कारण रहेको चिकित्सकहरू बताउँछन् ।

मोटोपन बढ्छ

बढी निद्राका कारण मोटोपनको समस्या पनि बढ्ने गर्छ । धेरै सुत्दा महिलामा पुरुषहरूको भन्दा छिटो मोटोपन बढ्छ । विशेषगरी उनीहरूको कम्मर र फिलामा भएको बोसो चाँडै जम्मा हुन्छ र यी अंगहरू भारी हुन थाल्छन् । अत्यधिक निद्राका कारण टाउको दुख्ने समस्या पनि बढी हुन सक्छ । अत्यधिक निद्राका कारण, शरीरमा सेरोटोनिनको स्तर बढ्न सक्छ ।

जसको कारणले टाउको दुख्ने समस्या आउँछ । लामो समयको निद्राका कारणले कमर दुख्ने समस्या सिर्जना हुन्छ । अत्यधिक निद्राले रगत प्रवाहमा पनि असर गर्छ ।

धेरै निन्द्राको परिणाम डिप्रेसन पनि हुन सक्छ । अत्यधिक निद्राले डोपानाइन र सेरोटोनिन हर्मोनको स्तर कम हुन्छ । जसले डिप्रेसन निम्त्याउन सक्छ । धेरै निदाउँदा मेमोरीलाई असर गर्छ । यसले हाम्रो मेमोरीलाई कमजोर पार्छ ।

अधिक निन्द्रा स्वास्थ्यका लागि हानिकारक मात्र होइन, घातक पनि हुन सक्छ । किनकि बढी निदाउँदा हृदयघातको जोखिम बढ्छ । ९ घण्टा या सोभन्दा बढी सुत्दा हृदय स्ट्रोकको जोखिम २३ प्रतिशतले बढ्ने बताइएको छ । एक अध्ययनअनुसार, हरेक रात ९ घण्टा वा सोभन्दा बढी सुत्ने मानिसहरूलाई ७ घण्टाभन्दा कम निदाउनेको तुलनामा मुटुको स्ट्रोकको सम्भावना २३ प्रतिशतले बढी हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…