मेसी बार्सिलोना छाड्न चाहने कारणहरु

१६ भदौ, काठमाडौं । चर्चित फुटबल खेलाडी लियोनल मेसी अन्तत: स्पेनिस क्लब बार्सिलोना छाड्ने मनस्थितिमा पुगे । उनले  हालै आफूले क्लब छाड्न चाहेको भन्दै रिलिज गरिदिन पनि बर्सिलोनालाई आग्रह गरेका छन् ।

स्पेनिस अनलाइन मार्काले मेसीले क्लब छाड्न चाहनुको १० कारण उल्लेख गरेको छ । जसमा खेलकुदसम्बन्धी र नीतिगत दुबै कारण रहेका छन् । के हुन् त ती कारण  ?\

नीतिगत

१. कोरोना महामारीका कारण सिजन ढिला गरी अन्त्य हुँदा मेसीले चाहेको बेलामा क्लब छाड्न पाउने समयसीमा लम्ब्याइएको छ । यस्तो समयसीमा यसअघि जुन १० सम्म थियो ।

२. मेसीको सम्झौताको अन्तिम वर्ष उनको रिलिज मूल्य ७०० मिलियन युरो रहने छैन ।

३. जोसेफ मारिया बार्तोमेउले धेरै अन्तर्वार्ताहरुमा भनेका छन् कि मेसीले चाहेको बेला छाड्न सक्छन् ।

खेलसम्बन्धी कारण

१. पछिल्लो समय बार्सिलोनासँग महत्वाकांक्षी योजनाहरु छैनन् र मेसी टिमको भविष्यप्रति आश्वस्त हुन सकेका छैनन् । बार्सिलोनाले खेल जित्ने आशा केही समययता मेसीमै निर्भर देखिएको छ ।

२. प्रशिक्षक एर्नेस्टो भेलभर्डे बर्खास्त गर्दा अपनाइएको तरिका र समयप्रति मेसिलाई चित्त बुझेको थिएन ।

३. क्लब सञ्चालक समितिसँग मेसीको असन्तुष्टि । पछिल्ला महिनामा क्लबका धेरै गतिविधि मेसीलाई चित्त बुझेको छैन ।

४. क्लबका अन्य महत्वपूर्ण व्यक्तिसंगको बिग्रदो सम्बन्ध । जस्तै एरिक अबिदाल जसले भेलभर्डे बहिर्गमन हुनुमा अरु खेलाडीलाई आरोप लगाए ।

५. मेसीको प्रस्तावलाई क्लबले सुनेको छैन । उनले एकेडेमीको उपयोगसहित क्लबको लागि राखेको विभिन्न विषयमा क्लबले विश्वास नगरेको ।

६. मेसीले सोचे कि अहिलेको समय बार्सिलोनाको एक युगको अन्त्य हो । उनी क्लबका सिनियर खेलाडीहरुले छाड्ने र नयाँ खेलाडीलाई टिममा स्थान दिने जेरार्ड पिकेको चाहनाको पक्षमा लागे ।

७. मेसी र उनको परिवार बार्सिलोनामा सोसल मिडियाको तारो बनेको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…