मुटु रोग लाग्नबाट रोक्ने सामान्य उपाय

हाम्रो शरीरमा धेरै अंग छन् । धेरै अंगहरु दुईवटा भएपनि मुटु एउटा मात्रै हुन्छ । मष्तिस्कको पनि दुई भाग हुन्छ । किड्नी,फोक्सो दुईवटा हुन्छ । कलेजो दायाँ बायाँ दुई भाग हुन्छ । मुटु मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । बाहिरबाट हेर्दा मुटु मुठ्टी आकारको देखिने मुटुमा चारवटा कोठा हुन्छन्, दुईवटा तल र दुईवटा माथि । यस अंगले शरीरमा रक्तनली मार्फत शरीरको रगत पम्प गर्दछ ।

त्यसैले मुटु शरीरका लागी अत्यन्त महत्वपुर्ण हुन्छ । यो बिना जीवन सम्भव हुदैन । तर आजकल गरिने कतिपय खराब जीवनशैली र खानपानका कारण मुटुमा विभिन्न समस्या देखा पर्दछन् । तसर्थ मुटु स्वस्थ राख्न केही खराब बानी छाड्नु पर्ने हुन्छ ।

१. अत्यधिक नुन वा चिनीले मुटुमा असर पार्ने भएकाले चर्काे खाने बानी त्याग्नु पर्दछ ।
२. धुम्रपानले रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्दछ त्यसैले यो बानी छाड्नु पर्दछ ।
३. धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्दछ ।
४. धेरै तनाव लिँदा रक्तचाप बढ्ने र मुटुमा दबाब पर्छ र मुटुरोग लाग्ने संभावना हुन्छ ।
५. शारीरिक परीश्रमको काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ ।
६. व्यायामको अभावमा शरीरमा राम्ररी रगत बग्न पाउँदैन र मुटुमा समस्या देखिन्छ ।
७. धेरै खाने बानीले रक्तनलीमा बोसो जम्दछ । यसले उच्च रक्तचापको जोखिम हुन्छ ।
८. अबेर रातीसम्म नसुत्ने, निन्द्रा अधुरो हुदा पनि रक्तचाप र मुटुमा समस्या हुन्छ ।
९. दाँत र गिजाको समस्याले पनि मानिसमा मुटुरोग बढाउने गर्दछ ।
१०. निद्रामा घुर्ने मानिसमा पनि मुटुको समस्या हुने गर्दछ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…